Aamsanchar

सिजनमै चिनीमा कालोबजारी, उत्पादन कम भएको बहाना

Author Image
बुधवार, माघ २६, २०७३

काठमाडौं : 

उखु क्रसिङ गरेर चिनी उत्पादन गर्ने सिजनमै व्यापारीले भाउ बढाएर कालोबजारी गरेका छन्। चिनीकम उत्पादन भएको र साल्ट ट्रेडिङ कर्पोरेसनमा स्टक सकिन लागेको सुइँको पाएका व्यापारीले एकाएक भाउ बढाएका हुन्।

चिनीको भाउ बढाएर किलोको ९० रुपैयाँ पुर्याइएको छ। यो वर्ष उखु उत्पादन घटेर चिनी उत्पादन कम हुने भएपछि किलोमै ९ रुपैयाँ वृद्धि गरेका हुन्। कर्पोरेसनले अहिलेसम्म चिनी होलसेल मूल्य ७८ रुपैयाँ ५० पैसा र खुद्रा मूल्य ८१ मा बेचिरहेको छ। उद्योगले उखु क्रसिङ गरी उत्पादन गरिरहेका बेला चिनीको भाउ बढ्नु अस्वाभाविक मानिन्छ।

कर्पोरेसनसँग स्टक चिनी सकिएको र उत्पादनमा भारी गिरावट आएपछि व्यापारीले मौका छोपेका हुन्। नेपाल चिनी उद्योग संघले यो वर्ष करिब एक लाख २९ हजार मेट्रिक टन चिनी उत्पादन हुने जनाएको छ। यहाँ वार्षिक करिब दुई लाख ३० हजार  मेट्रिक टन चिनी खपत हुन्छ।

स्टक सकिएपछि बजार मूल्य नियन्त्रण गर्न कर्पोरेसनले करिब ५० हजार मेट्रिक टन चिनी विदेशबाट खरीदको अवसथा मिलाइदिन आपूर्ति र अर्थ मन्त्रालयलाई आग्रह गरेको छ।

‘करिब एक लाख मेट्रिक टन चिनी आयात गर्नुपर्ने देखिन्छ’,साल्ट ट्रटिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले भने, ‘चिनी उत्पादन घट्नासाथ भाउ बढ्यो।’ बजारलाई सन्तुलनमा ल्याउन करिब ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउन प्रस्ताव गरिएको उनले जानकारी दिए।नागरिक दैनिकबाट

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर