Aamsanchar

भोजपुरमा अल्लोलाई बजार अभाव

Author Image
बुधवार, माघ २६, २०७३

भोजपुर।

भोजपुर जिल्लाको उत्तरी गाविस कुलुङ चौकीडाडाँका स्थानीयले उत्पादन गरेको अल्लोका विभिन्न सामग्रीले बजार नपाएको गुनासो गरेका छन् ।

भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै सङ्कलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामग्री निर्माण गरेता पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने, धुने लामो प्रक्रियाबाट सामग्री तयारी गर्नुपर्ने भएकाले लगानी धेरै लाग्ने गरेको तर बजार नजिकमा नहुँदा समस्या हुने गरेको अल्लो व्यवसायी मालती कुलुङले बताउनुभयो ।

उहाँले भन्नुभयो ब्याजमा ऋण काढेर सामान उत्पादन गर्छौं तर गाउँमा बजार छैन, भोजपुरबजार पुग्न एक दिन हिँडेर गाडी चढ्नुपर्छ, त्यो पनि उपभोक्ताले सस्तो मूल्यमा खोज्छन् ।

यता अल्लोको धागोबाट बुनेको कपडा राम्रो भए पनि ज्यादै महँगो भएको नेपाली सेनामा कार्यरत जुम्लाका योगेश राउतले बताउनुभयो ।

अल्लोको सामग्री जिल्लामा केही कर्मचारीले मात्र खरिद गरेर आफ्नो व्यवसाय टिकाउन नसकिने व्यवसायी मीना कटुवालको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)