Aamsanchar

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डीपी अर्याल

Author Image
शुक्रवार, माघ १३, २०७९

फायल फोटो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुन् ।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर