Aamsanchar

चितवन २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै कांग्रेस नेता श्रेष्ठ आयोगमा

Author Image
आइतवार, माघ २२, २०७९

काठमाडौं : नेपाली कांग्रेस नेता उमेश श्रेष्ठ चितवन २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग कार्यालय पुगेका छन्।  उनले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामिछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित आयोग पुगेका हुन्।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको एक सिट खाली रहेको छ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ ३४ हजार बढी मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।

लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गर्नुपर्ने माग उनको छ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर