Aamsanchar

पहिलो गभर्नर जबराको पार्थिव शरीरमा देउवाले ओडाए कांग्रेसकाे झन्डा

Author Image
आइतवार, माघ २२, २०७९

काठमाडौं –नेपालका पहिलो गभर्नर स्वर्गीय हिमालयशम्शेर जबराको पार्थिव शरीरमा नेपाली कांग्रेसले आफ्नो पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको झन्डा ओडाएर जबराप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । आइतबार बिहान जबरालाई श्रद्धाञ्जली व्यक्त गर्न देउवासँगै महामन्त्री गगन थापा, नेताहरु प्रकाशमान सिंह, सुनिल थापा, उदयशम्शेर राणालगायत उहाँको निवास थापाथली पुगेका थिए ।

विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित जबराको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जबराको ९५ वर्षको उमेरमा आइतबार बिहान साढे ६ बजे निधन भएको हो ।

जबराले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रूपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव समेत थिए । जबरा हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबरा २००७ को क्रान्तिदेखि अहिलेसम्मको नेपालको राजनीतिक आरोह अवरोहको साक्षी हुनुहुन्थ्यो । जबरा नेपालको पहिलो गभर्नर मात्रै नभएर पहिलो अर्थ सचिव पनि हुनुहुन्थ्यो ।जबराका दुई छोरा र दुई छोरी छन् ।

आइतबार नै पशुपति आर्यघाटमा जबराको अन्त्येष्टि गरिने छ ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर