

एजेन्सी :टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउने संख्या २३० पुगेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू-भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जना बढिले ज्यान गुमाएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भूकम्पपछि टर्कीको सरकारले आपतकाल घोषणा गरेको छ। भूकम्प केन्द्रविन्दु भएको क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताइएको छ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पमा परी सिरियाको अलेप्पो,लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठजनाको मृत्यु भएको बताएको थियो ।
भूकम्पको धक्का लेबनान,सिरिया र साइप्रसमा महशुस गरिएको थियो ।

