Aamsanchar

झापामा अझै १८ प्रतिशतले शौचालय बनाएनन्

Author Image
शुक्रवार, माघ २८, २०७३

[नरेन्द्र ढकाल ]

झापा,

झापाका ८२ प्रतिशत घरधुरीका बासिन्दाले शौचालयको प्रयोग गर्ने गरेको बताइएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालयका अनुसार एक लाख ९२ हजार ६२० घरधुरी रहेको झमपामा एक लाख ३९ हजार ४६० घरधुरीले असार मसान्त सम्ममा शौचालय प्रयोग गरेको खानेपानी डिभिजन कार्यालयका सरसफाई कार्यक्रमका कार्यक्रम संयोजक रुन्द्रप्रसाद न्यौपानेले जानकारी दिए ।
उनका अनुसार यो कुन घरधुरीको ७८ प्रतिशत हो । तर हाल पनि खुल्ला दिशामुक्त अभियान सञ्चालन भइरहेकाले उक्त संख्या घटेको न्यौपानेले बताए । उनले हालसम्म ८२ प्रतिशत घरधुरीले शौचालयको प्रयोग गर्न थालेको जानकारी दिए । पछिल्लो समय खुल्ला दिशामुक्त अभियानलाई सबै क्षेत्रबाट सहयोग मिलेकाले कामले तिब्रता पाएको उनको भनाई छ ।
जिल्लालाई आगामी वर्षको असोज सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ काम अघि बढाई रहेकोृ सहजकर्ता न्यौपानेले बताए । अझै १८ प्रतिशतले शौचालय प्रयोग नगर्ने गरेकाले अभियानलाई तिब्र रुपमा अगाडी बढाइएको बताइएको छ । अभियानमा अन्तराष्ट्रिगैरसरकारी संस्था युएनडिबि डाटतथा विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरका संघसंस्थाले पनि खुल्ला दिशामुक्त अभियानलाई सफल पार्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
कुनै पनि नगरपालिका खुल्ला दिशामुक्त छैनन्–
झापालाई खुल्ला दिशामुक्त बनाउने अभियान अन्र्तगत कार्यक्रम सञ्चालन भइरहेपनि कुनै पनि नगरपालिका हाल सम्म खुल्ला दिशामुक्त नगर बन्न सकेका छैनन् । झापामा भद्रपुर, दमक, मेचीनगर, बिर्तामोड, कनकाई, शनि–अर्जुन, शिव–सताक्षि, गौरादह नगरपालिका रहेका छन् । तर यि कुनै पनि नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा हुन नसकेको खानेपानी डिभिजन कार्यालयका न्यौपानेले बताए ।

नगरपालिकाहरुले नगरका बासिन्दालाई शौचालय बनाउन प्रेरित गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेपनि प्रभावकारी बन्न नसकेको सरोकारवालाहरुको भनाई छ ।
पाँचवटा गाविस मात्र खुल्ला दिशामुक्त –
झापाका पाँच वटा गाविस मात्र खुल्ला दिशामुक्त गाविस बन्न सफल भएका छन् । सबैभन्दा पहिला दुहागढी गाविस खुल्ला दिशामुक्त गाविस बन्न सफल भएको न्यौपानेले बताए ।

त्यसपछि क्रमश खुदुनाबारी, धाइजन, बुधबारे र जलथल गाविस खुल्ला दिशामुक्त गाविस घोषणा भएको बताइएको छ । यि गाविसहरुले मापदण्ड अनुसारको शौचालय बनाएर सबैले प्रयोग गर्ने गरेपछि खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको हो ।
चार गाविस चैतमा घोषणा हुदै–
झापाका चार वटा गाविसलाई आगामी चैत महिना भित्रमा खुल्ला दिशामुक्त गाविस घोषणा गरिने खानेपानी डिभिजन कार्यालयले जनाएको छ । खानेपानी डिभिजन कार्यालयका न्यौपानेका अनुसार धरमपुर, हल्दिबारी,बैगुनधुरा र लखनपुर रहेका छन् ।

उक्त गाविसहरुमा शौचालय निर्माणको काम तिब्र रुपमा भएको र सबैले एक जुट भएकार लागेकाले हाल अनुगमन तथा निरीक्षमण पनि भइरहेको न्यौपानेले बताए ।
२४ गाविसको टुङ्गो छैन–
जिल्लाका सबै गाविस तथा नगरपालिकाहरुमा कार्यक्रमहरु सञ्चालन भइरहेपनि २४ वटा गाविसलाई कहिले खुल्ला दिशामुक्त गाविस घोषणा गर्ने भन्ने टुङ्गो लागी नसकेको न्यौपानेले बताए ।

उनले गाविस नै खुल्ला दिशामुक्त घोषणा गर्न ढिलाई हुने अवस्थामा केही वडालाई मात्र भएपनि खुल्ला दिशामुक्त गरिने गरेको बताए । उनले सबै क्षेत्रमा भएका कामले तिब्रता पाएकाले छिट्टै नै मिति घोषणा गरिने जानकारी दिए ।
बजेट यति नै भन्नसकिन्न्–
सरकारले बजेट छुट्टयाए पनि खुल्ला दिशामुक्त अभियानमा यति नै खर्च भयो भन्न सक्ने अवस्था नरहेको कार्यक्रम संयोजक न्यौपानेले बताए ।

उनले गाविस, जिविस तथा विभिन्न गैरसरकारी संस्थाहरुले पनि बजेट छुट्टयाएर काम गरिरहेकाले बजेको यकिन तथ्याङ्क नभएको बताए । उनले सरकारले विपिन्न घरधुरीको पहिचान गरेर सहुलियत प्रदान गरेको समेत जानकारी दिएका छन् ।
१६ असफल –
झापा जिल्लालाई सन् २०१६ भित्रै खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरिए पनि उक्त समयमा आफुहरु असफल भएको न्यौपानेको भनाई छ । झापाका राजनीतिक दल, विभिन्न सरकारी संघसंस्था लगायत सबैले १६ मा नै घोषणा गर्ने निर्णय गरेपनि कामले तिब्रता पाउन नसक्दा १६ मा असफल भएको न्यौपानेले स्वीकार गरे ।

उनले सन् २०१७ भित्र भने झापालाई खुल्ला दिशामुक्त घोषणा गरिने जानकारी दिए । हालसम्मको अवस्था हेर्ने हो पनि आफुहरु सफलताको नजिक पुगेको न्यौपानेको भनाई छ ।

सरकारले पनि देशलाई सन् २०१७ को अन्यसम्ममा खुल्ला दिशामुक्त बनाउने घोषणा गरेकाले पनि आफुहरुको उक्त अभियानलाई सफल बनाउन लागी परेको बताए ।
कुन–कुन क्षेत्रमा समस्या–
पछिल्लो समय सबैले शौचालयको प्रयोग गर्नु पर्छ भन्ने कुरा बुझेपनि केही क्षेत्रमा समस्या रहेको न्यौपानेले बताए । उनका अनुसार उद्योग र मजदुर बीच समस्या रहेको छ । उद्योगीहरुले मजदुरहरुलाई शौचालय बनाउन नदिने गरेकाले समस्या भएको छ ।

त्यस्तै चिया मालिक र मजदुर बिच पनि समस्या रहेको छ । त्यस्तै सुकुम्बासीहरुमा पनि समस्या रहेको छ भने जग्गाधनी र कामदार बीच पनि समस्या रहेको छ । यि सबै समस्याको पहिचान गरेर आवश्यक समन्व्य गर्नका लागी विभिन्न चरणमा छलफलका कामहरुलाई पति तिब्रता दिएको न्यौपानेले जानकारी दिए ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर