

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।
आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेसँगै ३ लाख नाघेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदी तोलामा ५० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

Views: 26


