Aamsanchar

प्रदेश स्तरिय घरेलु उद्योग, घोराहीमा पर्यटन तथा कृषी प्रदर्शनीको तयारी तीब्र

Author Image
बिहिवार, माघ २६, २०७९

घोराही । यही फागुन ३ गतेदेखी १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उदोग महासंघ दाङको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जनाएको छ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको तयारी तीव्र रुपमा भईरहेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

महोत्सवको तयारी अन्तरगत मूल समिति र विभिन्न उपसमितिहरुले आ–आफ्नो तयारी गरिरहेको उहाँले बताउनुभयो । महोत्सव स्थल घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा मञ्च र स्टलहरुको निर्माण कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । यस्तै स्टल बुकिङको काम पनि भईरहेको र ५० प्रतिशत स्टलहरु ब्ुकिङ भईरहेको स्टल निर्माण तथा व्यवस्थापन उपसमितिका संयोजक सीता मल्लले जानकारी दिनुभयो ।

स्थानीय एवं राष्ट्रिय स्तरमा लघु तथा घरेलु उदोगहरुले उत्पादन गरेकावसतुहरुको पहिचान गराई कृषी तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारी सहिचत आन्तरिक एवं बाह्य पवर्धनमा टेवापु¥याउने, महिला उदामशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादित बस्तुहरुको उचित गुणस्तरको पहिचान गराई आम जनमासहरु र नागरिकहरुमा स्वदेशी उत्पादनको प्रयोग गर्न प्रोत्साहन गर्ने, पेशागत सम्मानको वातावरण सृजना गराई लघु तथा घरेलु उद्योगका मार्फत बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन गर्ने, प्रदेशको मौलिक कला स.स्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सभ्यताहरुलाई राष्ट्रिय रुपमा चिनाउने र कृषीको आधुनिकरणकोलागी कृषी प्रविधीहरुको प्रदर्शनी गर्ने लगायतकासाथ उद्धेश्यकासाथ महोत्सवको आयोजना गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर