Aamsanchar

नेपाली चेली साढे दुई लाखमै भारतमा बेचिन्छन्

Author Image
सोमवार, जेठ २४, २०७३
काठमाडौँःhimsa
एक नेपाली चेलीलाई भारत पुर्याउँदा दलालले दुई लाख ५० हजार रुपैयाँ लिने गरेको खुलासा भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेकाले प्रहरीलाई दिएको बयानका क्रममा यस्तो खुलासा भएको हो ।

मानवबेचबिखनमा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बालकुमारी विश्वकर्मा, बिना तामाङ, नवीन धिमाल, जीवन उराउ, अशोक तामाङ र रुपनारायण राजवंशी रहेका छन् ।

महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले नेपाली र भारतीय व्यक्तिको मिलेमतोमा बाहिर लगेर बेच्न लागेको सूचना पाएपछि खोजतलास गर्दै जाँदा दोषीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले एक व्यक्ति पठाएबापत दुई लाख ५० हजार लिने गरेको अनुसन्धानमा खुल्न आएको बताए । उनले भने, ‘मानव बेचबिखन गर्ने मानिसको जालो नै रहेछ हामीले थप अनुसन्धान गरिरहेका छौँ ।’

महाशाखाले पाँच महिनादेखि मानव बेचबिखनको मुद्दा हेर्दै आएकामा छ वटा उजुरी दर्ता भएका र छ वटालाई नै मुद्दा चलाएको मरासिनीले बताए ।

उक्त मुद्दामा हालसम्म १८ जना पीडित रहेको र १४ जना अपराधीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर