

काठमाडौं : देशका अधिकांश स्थानमा बिहीबार मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा केही ठाउँमा मौसम बदली हुने अनुमान गरिएको छ। विभागका अनुसार हाल बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

शुक्रबार भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Views: 121

