झापा।
झापाको गौरादहस्थित गेउरिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गौरादह नगरपालिका–५ बस्ने तुलसी दाहालका छोरा १३ वर्षीय नवीन दाहाल रहेका छन् । दाहाललाई आज बिहान स्थानीयवासीले खोलामा डुबेको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय दमक र गौरादहको प्रहरीको टोलीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 110