

काठमाडौं – कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएका छन् ।

उनी कैलाली जिल्ला कारागारबाट जेलमुक्त भएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुटेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही ६ महिना कैदको आदेश सुनाएको थियो ।
Views: 144

