बिर्तामोड । झापाको बिर्तामोडमा आयोजना भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार औद्योगिक महोत्सवमा मार्भेल टेक्नोप्लास्ट प्रा.लि. द्वारा उत्पादित पाइपको स्टल आकर्षणको केन्द्र बनेको छ ।
अन्तर्राष्ट्रिय ब्रान्ड अनुसार स्टलको साजसज्जा पनि आधुनिक रहेको छ । यस कारणले गर्दा बिर्तामोड महोत्सवमा रहेका स्टलहरू मध्ये मार्भेल टेक्नोप्लास्टको स्टल आकर्षण बनेको हो ।
निक्कै व्यवस्थित र सजावट रहेको स्टलबाट कम्पनीको उत्पादन र प्रयोगको बारेमा अवलोकनकर्तालाई जानकारी गराउने काम भइरहेको छ । पाइप सम्बन्धी काम गर्ने प्लम्बर र व्यवसायीहरूले पनि स्टलमा आएर जानकारी लिने गरेको प्रदेश १ मार्केटिङ मेनेजर सुदीप नेपालले जानकारी दिए ।
अमेरिकामा ६० वर्ष अघि स्थापना भएको र अमेरिकन लाइसेन्स प्रणाली अन्तरगत नेपालमा पहिलो र एक मात्र उद्योग मार्भल टेक्नोप्लान्ट प्रा.लि. द्वारा उत्पादित पाइप लुब्रिजोल कर्पोरेसन युएसए द्वारा कच्चा पदार्थ द्वारा निर्मित पाइप्स तथा फिटिङ नेपालका सबै शहरहरूमा उपलब्ध रहेको जनाईएको छ ।
विश्वमा सबैभन्दा पुरानो इतिहास बोकेको मार्भेल पाइप उद्योग सन् १९५९ बाट अमेरिकाबाट सुरु भएको हो । हाल विश्वका एक सय भन्दा धेरै देशबाट पाइप उत्पादन हुदै आएको छ । मार्भेल उद्योग नेपालमा पहिलो एनएसएफ, आइएसओ, एनएस प्रमाणपत्र प्रात गर्ने उद्योग हो । उद्योगको मुख्य कार्यालय काठमाडौं स्थित कालिमाटीमा रहेको छ ।
तातो र चिसो पानीको पाइपिङ प्रणाली, आवासीय, व्यावसायिक र औद्योगिक अनुप्रयोगहरूको लागि उत्कृष्ट पाइपिङ समाधानहरू उपलब्ध गराउने लुब्रिजोलको इतिहास विश्वमै पुरानो हो ।
अरबौं फिट पाइप र फिटिंगहरू विश्वव्यापी रूपमा आवासीय र व्यावसायिक अनुप्रयोगहरू मा सफलतापूर्वक स्थापना गरिएको छ । यसबाहेक, यसले प्राविधिक सहयोग विशेषज्ञहरूको उद्योगको सबैभन्दा ठूलो नेटवर्क प्रस्ताव गर्न जारी राख्छ र निर्माण साझेदारहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्न उत्तम प्रणाली छनोट गर्न मद्दत गर्न आवश्यक शिक्षा र प्राविधिक समर्थन प्रदान गर्दै आएको कार्यकारी मार्केटिङ मेनेजर सुजन खड्काले बताए ।