काठमाडौं,

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी दुईवटा रिटमा एकैसाथ निर्णय गर्ने भएको छ ।

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आफू नै प्रहरी महानिरीक्षक हुनुपर्ने दाबी गर्दै आइतबार दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएकै रिटसँगै राखेर सुनुवाई गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सोमबार जयबहादुर चन्दलाई बढुवा गर्ने सरकारको निर्णयबारे आउँदो आइतबार सुनुवाई गर्ने फैसला गरेको हो ।

प्रधानन्यायाधीश कार्कीकै इजलासले कपिलदेव ढकालले दायर गरेको रिटमा सुनुवाई गर्दै फागनु ८ गते दुवै पक्षलाई झिकाउन आदेश दिइसकेको छ ।
सरकारले आफू १ नम्बर बरियतामा रहेपनि बरियता मिचेर प्रहरी महानिरीक्षक चयन गरेको दावी गर्दै डिआइजी सिलवालले आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
Views: 149


