Aamsanchar

विश्व कप क्रिकेट लिग–२ : पपुवा न्युगिनीले यूएईलाई ५ विकेटले हरायो

Author Image
आइतवार, फागुन २१, २०७९

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएकाे छ ।

यूएईले दिएकाे ९८ रनकाे सामान्य लक्ष्य पीएनजीले २५ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । पीएनजीका लागि टाेनी उराले नटआउट ३५ रन बनाए । बलिङतर्फ यूएईका राेहन मुस्तफाले २ विकेट लिए । यस्तै जुनैद सिद्दिकी, आयन अफजल खान र जहूर खानले १/१ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्याे । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जाेड्न सकेनन् । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद साेपरले ३ विकेट लिए ।

याे शृङ्खलामा नेपालले भाेलि साेमवार यूएईसँग खेल्नेछ । नेपालले लिग–२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटाैँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्कसहित तालिकाकाे पुछारमा छ । ३१ खेल खेलेकाे यूएई ३१ अङ्कका साथ पाँचाैँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर