Aamsanchar

जलवायु परिवर्तनसम्बन्धी परिचयात्मक कार्यक्रम

Author Image
मङ्गलवार, फागुन ३, २०७३

चितवन ।

जिल्ला विकास समिति चितवन र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)को आयोजनामा जलवायु परिवर्तनसम्बन्धी प्रमाणपत्र तहको परिचयात्मक कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

कार्यक्रममा पर्वतीय क्षेत्रमा दिगो विकासका लागि इसिमोडले गरेका गतिविधिसँगै जलवायु परिवर्तनका कारण देखिएको वातावरणीय चुनौतीका विषयमा चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पछिल्लो समय जलवायु परिवर्तनका कारण भएका वातावरणीय चक्रमा देखिएका विषयमा समयमा नै सचेत हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रचारप्रसार इकाइका निर्देशक नवराज देवकोटा, प्राक्टिकल एक्सन नेपालका निर्देशक अच्युत लुइँटेल, इसिमोड नेपालका निर्देशक वसन्त श्रेष्ठ, कार्यक्रम व्यवस्थापक अरुणभक्त श्रेष्ठलगायतले समयमा नै सजग बन्न सके जलवायु परिवर्तनबाट हुनसक्ने हानि रोक्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर