Aamsanchar

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

Author Image
बुधवार, फागुन ४, २०७३

सोलुखुम्बु ।

भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् ।

प्रेम दिवसका अवसरमा श्रीमान्÷श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा गएका भए पनि श्रीमती कार्लोस भने सगरमाथाको तेस्रो शिविरमा पुगेपछि बिरामी परेर फर्केकी थिइन् ।

भारी हिमपात र अत्यधिक चिसो हुने भएकाले यस्तो समयमा सगरमाथा आरोहण गर्नु खतरनाक मानिन्छ । यही समयमा साहसिक काम गर्ने भन्दै स्पेनिस जोडी सेभेन समिट एजेन्सीमार्फत अरोहणमा गएको सेभेन समिटका प्रबन्धक निमेष कार्कीले जानकारी दिनुभयो ।

उनीहरुकै लागि सरकारको सम्पर्क अधिकृतका रुपमा आएका पुरातत्व विभागका अधिकृत पदमजङ्ग राईको गत पुस २७ गते आधार शिविर नजिकै हाई अल्टिच्युड (लेक लाग्ने) का कारण मृत्यु भएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१