मोरङ। मोरङको विराटनगर महानगरपालिका –६ बाट हुन्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –१५ का ३१ वर्षीय धर्मानन्द साह रहेका छन ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारमा संलग्न रहेका साहलाई नगद ४ लाख ७५ हजार रुपैयाँ, बिभिन्न बैंकहरूको चेक,एटिएम कार्ड, भौचर तथा को. २९ प ९७३९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । बिहीवार पक्राउ परेका साह उपर मोरङ जिल्ला अदालतबाट हुन्डी सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 202