दमक ।

झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ ।

केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो ।

राती साढे ११ बजे तिनवटा कार एक–आपसमा ठोक्किँदा कारमा सवार राईको ज्यान गएको त्यहाँस्थित अमेरिकाका बस्दै आउनुभएका जितु बस्नेतले बताउनुभयो ।

Views: 142

