काठमाडौं,
रामेछापका बमबहादुर तामाङको परिवारले किरिया गरिसकेको पाँच वर्षपछि साउदीबाट शव आएको छ । सन् २००५ देखी साउदीमा कार्यरत बमबहादुरको शव बुधबार नेपाल आएको हो ।
साउदीमा अवैधानिक बसेका कारण बमबहादुर जेल परेको र जेलमै निमोनिया भएपछि उपचारको क्रममा पाँच वर्ष पहिले ज्यान गएको थियो । उपचारमा लागेको झण्डै ८ लाख रुपैयाँ अस्पतालको खर्च तिर्न नसक्दा शव आउन ढिलाइ भएको हो ।
झण्डै एक वर्ष अघि मात्रै परिवारले शव ल्याउन रामेछापको सूचनाकेन्द्रको सहयोगमा निवेदन दिएका थिए । सिएमआइआरले साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरेर शव ल्याउन सहयोग गरेको हो । मृत्यु भएको केहि समय पर्खिंदा पनि शव नआएपछि परिवारले काजकिरिया गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 171