Aamsanchar

फुटबलबाट सन्यासको घोषणा गरे लगत्तै राष्ट्रिय टिमका पूर्वमिडफिल्डर सुजल श्रेष्ठ अस्ट्रेलिया लागे

Author Image
शुक्रवार, चैत १०, २०७९

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे लगत्तै नेपाली राष्ट्रिय टिमका पूर्वमिडफिल्डर सुजल श्रेष्ठ अस्ट्रेलिया उडेका छन् । बिहीबार राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका सुजल सोही रात अस्ट्रेलिया उडेका हुन् ।

सुजलसँगै नेपाली टिमका रक्षक रजिन धिमाल पनि अस्ट्रेलिया गएका छन् । उनीहरू दुवैजनाको बिहीबार रातिको फ्लाइट थियो । पछिल्लो केही समययता नेपाली फुटबलरहरू अस्ट्रेलिया जाने क्रम निकै बढेको छ ।

नेपाली टिमबाट ११ वर्ष खेलेका सुजलले यस अवधिमा ५१ अन्तर्राष्ट्रिय खेल खेले । सुजलले बिहीबार सन्यास घोषणाका लागि यो उपयुक्त समय भएको बताएका थिए ।

यस्तै, रजिनले भने सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट १० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । नेपाल सुपर लिगमा रजिनले विराटनगर सिटी एफसीको कप्तानी सम्हालेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रजिन र सुजल दुवैजना  मछिन्द्र फुटबल क्लबमा आबद्ध थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर