Aamsanchar

आईपीएलकाे उद्घाटन खेलमा आज चेन्नई र गुजरात खेल्दै

Author Image
शुक्रवार, चैत १७, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करण आजदेखि सुरु हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता गुजरात हार्दिक पाण्ड्या तथा चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको छ । चेन्नई आईपीएलमा चार पटकको विजेता टोली हो । आईपीएल भारतका विभिन्न सहरमा हुनेछ ।

कोराेना महामारीपछि पहिलो पटक फ्रेन्चाइज टोलीले होम र अवे मैदानमा खेल्दैछन् । यसपटक १० टोली सहभागी छन् । सहभागी सबै टोलीले तयारी पूरा गरेका छन् । ५९ दिनसम्म चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेल हुनेछन् । हरेक टोलीले १४ खेल खेल्नेछन् ।

१० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् र लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा रहने शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् । यस सिजनदेखि इम्प्याक्ट प्लेयर नियम लागू हुनेछ । कुनै पनि टोलीले खेलको क्रममा १४ ओभर भित्रमा एक खेलाडी परिवर्तन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर