फाइनल खेलमा फिदिम ६ शिवालाई २५–१५, २५–११ र २५–१९ को सोझो सेटमा पराजित गर्दै याङवरक विजयी बनेको हो।
विजयी बनेसँगै याङवरकले ८० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेतामा सीमित बनेको शिवाले ४० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
तेस्रो स्थानमा समेटिएको फालेलुङ ७ ले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। अंसुभञ्याङले वाकओभर दिएपछि फालेलुङ तेस्रो स्थानमा समेटिएको हो।
प्रतियोगिताका विजेता टिमलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले पुरस्स्कार प्रदान गरे।
रामनवमी पर्वका अवसरमा ज्ञान ज्योति सेवा समाज क्लब फिदिम १२ ले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 117