विराटनगर – पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा आज मोरङको गोठगाउँस्थित विश्वविद्यालय परिसरमा ६ हजार ५१३ जना विद्याथी दीक्षित भएका छन् ।
विश्वविद्यालयले दिएको जानकारीअनुसार सबैभन्दा धेरै चिकित्साशास्त्रतर्फ दुई हजार ३२३, व्यवस्थापन संकायतर्फका एक हजार ८६२ र विज्ञान तथा प्रविधि संकायतर्फ एक हजार ३८४ जना विद्यार्थी दीक्षित भएका छन् ।
कला संकायतर्फ स्नातक र स्नातकोत्तर गर्ने १३५, कानुनतर्फ ३०६, शिक्षाशास्त्रतर्फ ५०२ र व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जना दीक्षित भएका हुन् । त्यसअवसरमा कुलपति प्रचण्डले विभिन्न संकायमा उत्तीर्ण विद्यार्थीहरुलाई शैक्षिक उपाधि प्रदान गरे ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 160