काठमाडौं : स्पेनिस लिग ला लिगामा रियाल मड्रिडले रियाल भालाडोलिडमाथि ६–० गोलको सानदार जित निकालको छ। मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक गरे।
घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलको पहिलो हाफमा नै मड्रिडले ४ –० गोलको अग्रता बनाएको थियो। २२ औँ मिनेटमा रोद्रिगोले गोल गरेर रियालको खाता खोलेका थिए।
त्यसपछि बेन्जेमाले २९, ३२ र ३६ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे। सन् १९९२ पछि पहिलो पटक मड्रिडका स्ट्राइकरले सर्वाधिक छिटो ह्याट्रिक गरेका हुन्। यस अघि सन् १९९२ मा फर्नान्डो हिरोले इस्पानुयलविरुद्ध ६ मिनेटको अन्तरमा ह्याट्रिक गोल गरेका थिए।
७३ औँ मिनेटमा असेन्सियो र लुकास भास्केजले इन्जुरी समयमा उत्कृष्ट गोल गरेर टिमको जित सुनिश्चित बनाए। कार्लो एन्सेलोटीको टोली रियाल मड्रिडको २७ खेलबाट ५९ अंक छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ७१ अंक छ । रियाल भालाडोलिड रेलिगेसन जोन भन्दा मात्रै एक स्थानमाथि छ। भालाडोलिडको २७ खेलबाट २७ अंक छ।