Aamsanchar

चिरञ्जीवी – ईश्वरादेवी उप्रेती अक्षयकोषद्वारा विभिन्न क्षेत्रका चारजनालाई जनही ५१ हजार सहित सम्मान 

Author Image
शनिवार, चैत २५, २०७९

कनकाई । श्री भवानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा स्थापित चिरञ्जिवी–इश्वरादेवी उप्रेती अक्षयकोषबाट वर्ष उत्कृष्ट एक पत्रकारसहित चार जना पुरस्कृत तथा सम्मानित भएका छन् ।

आज (शनिवार) खानेपानीको छैटौँ वार्षिक साधारण सभामा पत्रकार, कृषक, विद्यार्थी र एक जना उत्कृष्ट बुहारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

अक्षयकोषको तर्फबाट झापा जिल्ला वर्ष उत्कृष्ट पत्रकार पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्क्ष्मण ढकाल, कनकाई नगरभित्र क्रियाशील कृषक टिका कटुवाल, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने  कनकाई माविका विद्यार्थी आशुतोष दाहाल र उत्कृष्ट बुहारी कृष्णकुमारी काफ्लेलाई जनही नगद ५१ हजार सहित सम्मान गरिएको हो ।

उकृष्ठ सम्मानित व्यक्तिहरूलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, अक्षयकोषका संरक्षक खानेपानी उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी उप्रेती, श्रीमती ईश्वरा देवी उप्रेती, अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले सम्मान गरेका थिए ।

३० लाख रुपैयाँ को अक्षय कोष रहेको छ । यसै वर्ष देखि कोष मार्फत पुरस्कृत गर्न थालनी गरिएको छनौट समितिका संयोजक चन्द्रमोहन उप्रेतीले बताए ।

त्यसैगरी उपभोक्ता समितिले दिवंगत उपाध्यक्ष चन्द्रमान कन्दङ्वालाई मरणोपरान्त सम्मान गरिएको छ । स्वर्गीय कङदङ्वाकी श्रीमती चन्द्रकला कन्दङ्वालाई सम्मान पत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर