ताप्लेजुङ : ताप्लेजुङमा बालुवाले भरिएको डोको बोकेर दौडिने प्रतियोगिता अर्थात् ‘डोको क्यारी रन’ प्रतियोगिता सम्पन्न भएको छ।
१५ किलोग्राम बालुवासहितको डोको बोकेर प्रतियोगीहरुले १३ किलोमीटरको दुरी पार गर्न प्रतिस्पर्धा गरेका हुन्।
प्रतियोगितामा निर्धारित दुरी १ घण्टा ४ मीनेट ३१ सेकेण्डमा पार गर्दै फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू बिजयी भएका छन्। १ घण्टा ४ मीनेट ४४ सेकेण्डमा दुरी पार गर्दै मैवाखोला गाउँपालिकाका प्रकाश लिम्बू दोश्रो र १ घण्टा ५ मीनेट ३० सेकेण्डमा दुरी पार गरेर फक्ताङलुङ गाउँपालिकाका छत्रबहादुर बहादुर कार्की तेश्रो भएका छन्।
ताप्लेजुङमा सञ्चालित दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेलाको अवसरमा डोको क्यारी रन प्रतियोगिता आयोजना गरिएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 156