Aamsanchar

नेपाल पत्रकार महासङ्घ तेह्रथुममा ढुङ्गाना सर्वसम्मत

Author Image
आइतवार, फागुन ८, २०७३

तेह्रथुम ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा नरेश ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको छ ।

आज भएको शाखाको पाँचौँ अधिवेशन तथा दसौँ साधारणसभाले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भगिश्वर लिम्बू, महिला उपाध्यक्षमा यशोदा चेम्जोङ, सचिवमा प्रकाश धौलाकोटी, सहसचिवमा उमेश नेपाली, सहसचिव समावेशीमा राजकुमार तेयुङ तथा कोषाध्यक्षमा दीपक कट्टेल सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा विनोद भट्टराई, ठाकुर सेनेहाङ, धनु तामाङ, रोशन श्रेष्ठ, कृष्ण चौलागाई, सुमना लिम्बू, पद्मा सापकोटा र कल्पना लिम्बू चयन भएका छन् ।

यस्तै केन्द्रीय पार्षद्मा उद्धव तिम्सिना, महेन्द्रप्रसाद काफ्ले, लक्ष्मण कार्की, अमृत बाँस्तोला, चन्द्र कार्की, खड्गकुमारी लिम्बू, मनकुमार फोम्बो र सलबहादुर तिवारी सर्वसम्मत चयन भएका छन् ।

यस्तै प्रदेश पार्षद्मा विष्णुकुमार लिम्बू, लक्की शेर्पा, कृष्ण वि दुःखी, प्रेमचन्द्र निङ्लेखु, रुविन खाती, विनिता तिम्सिना, खिरबहादुर बुढाथोकी, रामचन्द्र कोइराला, नवराज दुलाल र आशा तुम्बाहाम्फे चयन भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)