Aamsanchar

मृतक परिवारले पाउने बिमा रकम घोटला गर्ने दुई जना कर्मचारी पक्राउ  

Author Image
आइतवार, चैत २६, २०७९

पैसाको लागि केही व्यक्तिले मानवियता, नैतिकता समेत गुमाउने गरेको समाचार यदाकदा आउने गरेको छ । त्यस्तै हालै एउटा घटना बाहिर आएको छ । त्यो घटना हो वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिन्छु भन्दै ठगी गर्ने गिरोहमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा (कम्प्युटर अपरेटर ) ३६ वर्षीय पशुपति अधिकारी तथा सूर्यज्योति जीवन बीमा कम्पनीमा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन् ।

यसअघि प्रहरीले यसै गिरोहका ६ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो । बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ गोङ्गबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जनालाई चैत २३ गते पक्राउ गरेको थियो ।

उनीहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण अन्य विविध कागजातहरू सहित फेला पारी निजहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको थियो ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार थप व्यक्तिहरूको खोजतलास गर्ने क्रममा चैत २४ गते काठमाडौँ–११ बाट पशुपति अधिकारी र चैत २५ गते भक्तपुर–१० कमलविनायकबाट उमेश बुढाथोकीलाई पक्राउ गरिएको थियो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर