Aamsanchar

रौतहटमा आगलागी, दमकल अभावका कारण २१ घर भए खरानी

Author Image
आइतवार, चैत २६, २०७९

रौतहट । रौतहटको माधव नारायण नगरपालिका विसुनपुर्वा मानपुरमा आइतबार दिउँसो भिषण आगलागी भएको छ । स्थानीय जिउत मुखियाको घरबाट सल्कीएको आगो समयमै नियन्त्रण गर्न नसक्दा २१ घर जलेर खरानी भएको छ ।

स्थानीय पारस भण्डारीका अनुसार माधवनारायण नगरपालिकाको वडा नम्बर ४ विसुनपुर्वा मानपुरमा आइतबार दिउँसो करिब साढे एक बजेतिर आगलागी शुरु भएको थियो । उनका अनुसार दिउँसो हावा चलेकाले आगो चाँडै फैलिएको र समयमा दकमल नआउँदा ठुलो क्षति भएको हो ।

गौर र चन्द्रपुर नगरपालिकाको दमकल आगलागी स्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएको उनले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन ठुलो प्रयास गरेका थिए । आगलागीको कारण कुनै मानविय क्षतिभने नभएको र भौतिक क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा वर्षेनी आगलागीबाट ठुलो क्षति भएपनि १८ वटा पालिकाहरु मध्ये गौर र चन्द्रपुरमा मात्र दमकल रहेको छ ।

जनप्रतिनिधिहरु आफुले चढ्ने सवारी खरिद गर्न लाखौं खर्च गरेपनि दमकल किन्न कुनै चासो नदेखाएको भन्दै स्थानियद्धारा आलोचित बन्ने गरेका छन् ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर