झापा । 

नेपाल बिद्युत प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङको समय घटाएको छ ।

नदीमा पानीको सतह बढेको भन्दै प्रांधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको हो । यसअघि साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा सो समय घटाएर साताको ६३ घण्टा बनाएको छ ।

अब सातामा २ दिन साढे ९ घण्टा, ४ दिन नौ घण्टा, एक दिन आठ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि साढे ११ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो । अब भने बढीमा साढे ९ घण्टामात्र लोडसेडिङ हुनेछ ।


Views: 185

