Aamsanchar

  २४ क्यारेटका गहना सहित युएईमा नेपाली ज्वेलरी संचालनमा

Author Image
सोमवार, फागुन ९, २०७३

भरत शिवाकोटी,

  [युएई]       

विश्वका व्यापारिक केन्द्रहरु मध्येमै पर्ने एक महत्वपुर्ण देश हो | यहाँ विश्वका विभिन्न देशहरुबाट रोजगारी सँगै पछिल्लो समयमा व्यापार व्यवसाय गर्न आउनेहरुको संख्या बढदो रहेको छ | त्यसो त रोजगारीको सिलसिलामा युएई आएर पछी व्यवसायीमा परिणत भएका सफल व्याक्तिहरु समेत यहाँ उल्लेख्य मात्रामा रहेका छन |

पछिल्लो समय यहि व्यापार व्यवसायको भिडमा नेपालीहरु समेत थपिने क्रम क्रमश बढदै गएको छ | यसैबिच गत १७ फेब्रुअरी २०१७ का दिन युईमा पहिलो पटक २४ क्यारेटको सुनका गरगहनाहरु किनबेच गर्ने नेपाली व्यवसायीको व्यवसाय उदघाटन भएको छ | नेपालका लागि युएईका कार्यवाहक राजदुत नेत्र वहादुर टन्डन ले रिवन काटेर उदघाटन गर्नुभएको ज्वेलरीको नाम अन्नपुर्ण ज्वेलरी रहेको छ |

बरदुबई क्षेत्रमा रहेको उक्त ज्वेलरी उदघाटन गर्दै कार्यवाहक राजदुत नेत्र वहादुर टन्डन ले नेपालीहरु युएईमा आएर व्यापार व्यवसाय गर्ने क्रम बढेकोमा खुशी व्यक्त गर्दै अरु क्षेत्रको तुलनामा बरदुबई क्षेत्र नेपालीहरुले गर्ने व्यवसायको केन्द्र बन्दै गएको र त्यसमा ज्वेलरी व्यवसाय थपिएको वताउनुभएको थियो |

प्रवासमा समेत नेपाली सँस्कृति चिनाउन र त्यसलाई प्रवर्दन गर्न नेपाली परम्परागत गहना सँगै मौलिक गहनाको प्रयोगमा जोड दिन व्यवसायीलाई सुझाव दिदै युएईमा रहेका व्यवसायीहरुका समस्याहरु सुन्न र त्यसलाई समाधान गर्दै त्यो क्षेत्रलाई लाभान्वित गर्न दुतावासले चाँडै नै नेपाली व्यवसायीहरु सँग अन्तरक्रियाको शुरुवात गर्ने उहाँले जानकारी दिनुभएको थियो | सो अवसरमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सर्वसाधारणको समेत उपस्थिती रहेको थियो |

काठमाडौंका निरज कुँवर श्रेष्ठ तथा सावित्रा कंडेल प्रसाई को संयुक्त लगानीमा पहिले पटक नेपाली ज्वेलरीमा २४ क्यारेटको सुनका गर गहना पाउने गरि आफ्नो सेवा शुरु गरिएको ज्वेलरी संचालक सावित्रा कडेल प्रसाईले जानकारी दिएकी छन |

काठमाडौंको अनामनगर निवासी कडेल ३० वर्ष भन्दा बढी समय देखि काठमाडौंमा नै कम्प्युटर तथा फर्निचर व्यवसायीका रुपमा स्थापित हुन भने निरज कुँवर श्रेष्ठ समेत लामो समय देखि व्यापारिक क्षेत्रमा नै सक्रिय व्याक्ति हुन | युके, ब्रुनाई तथा काठमाडौंमा विगत लामो समय देखि गोरखा ज्वेलरी संचालनमा रहेको र गोरखा ज्वेलरीकै समन्वयमा अन्नपूर्ण ज्वेलरी संचालनमा ल्याइएको हो, यहाँ खरिद गरिएका गर गहनाको सबै सेवा काठमाडौंमा रहेको गोरखा ज्वेलरी बाट ग्राहकको हित अनुकुल हुने गरि प्रदान गरिने सम्पर्क मार्फत ज्वेलरी संचालक सावित्रा कडेल प्रसाईले जानकारी दिएकी छन |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर