

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यही अवधिमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार ६३२ नमुनामध्ये परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ ।


काठमाडौंका अस्पतालमा आजसम्म ३४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
Views: 134

