Aamsanchar

सामुदायिक विद्यालयले विद्यार्थी सँग शुल्क लिएको प्रति नेपाल विद्यार्थी संघ द्वारा आपत्ति  

Author Image
मङ्गलवार, वैशाख ५, २०८०

बिर्तामोडमा भएको पत्रकार भेटघाट कार्यक्रम ।

बिर्तामोड । झापाका केही सामुदायिक विद्यालयहरूले अतिरिक्त शुल्क लिएर बोर्डिङ जस्तै पठन पाठन गराउन थालेको र यस्तो कार्यले संविधानले प्रदान गरेको बालबालिकाले निशुल्क शिक्षा प्राप्त गर्ने अधिकार हनन भएको भन्दै सामुदायिक विद्यालयहरूले शुल्क लिने काम बन्द गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघ झापाले विद्यालय तथा सरोकार पक्षको ध्यानाकर्षण गराएको छ ।

आज  (मंगलबार) बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर विद्यार्थी संघले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरेको हो ।

नेपालका प्रत्येक सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूलाई निशुल्क शिक्षा प्रदान गर्नुपर्ने कानुनमा उल्लेख गरिएको छ । तर पछिल्लो केही समय यता केही सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा विद्यार्थीहरूसँग एक विद्यार्थी बाट १० हजार सम्म रकम असुल्ने गरेको खबर बाहिर आएको छ ।  झापाका कुनै पनि सामुदायिक विद्यालयले कुनैपनि बहानामा विद्यार्थीहरूसँग शुल्क असुल गर्नु नहुने नेविसंघ झापाका सभापति सञ्जय निरौलाले भने ।

त्यस्तै हालको आर्थिक सङ्कटको अवस्थालाई मध्यनजर गर्दै संस्थागत विद्यालयहरूले पनि यस वर्ष मासिक रुपमा उठाउँदै आएको शुल्क गत वर्षभन्दा नबढाउन र स्टेसनरी व्यवसायीहरूले पनि विद्यार्थीहरूलाई पुस्तक खरिदमा केही प्रतिशत छुट दिनुपर्ने विज्ञप्ति मार्फत नेपाल विद्यार्थी संघ झापाले अनुरोध गरेको छ ।

केही सामुदायिक विद्यालयले एकै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अंग्रेजी शिक्षाको नाममा विभेद गरेको र यस्तो कार्य तत्काल रोकेर शिक्षामा समानता ल्याउनु पर्ने, सामुदायिक विद्यालय बोर्डिङको शैलीमा चल्न नहुने विद्यार्थी नेताहरूको तर्फ रहेको छ ।

सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी अभाव देखाएर केही टाठाबाठा शिक्षकहरूले दोहोरो सेवा सुविधा लिएको भन्दै नेपाल विद्यार्थी संघ झापाले आपत्ति जनाएको छ । 

विज्ञप्ति र विद्यालयहरूले शुल्क दिएको रसिदहरू । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर