Aamsanchar

दुई सातापछिको सदन बैठक नबसी स्थगित

Author Image
मङ्गलवार, फागुन १०, २०७३

काठमाडौँ।

दैनिक कार्यसूचीमा संविधान संशोधनसम्बन्धी प्रस्ताव समावेश गर्ने कि नगर्ने भन्ने विषयमा दलहरुका बीचमा कुरा नमिल्दा व्यवस्थापिका–संसद्को बैठक स्थगन भएको छ ।

करिब दुई सातापछि आज अपराह्न १ बजे बस्ने भनिएको सदनको बैठक सत्ता साझेदारी दल र प्रमुख प्रतिपक्षी दलकाबीचमा सो विषयमा कुरा नमिलेपछि विशेष कारण जनाउँदै बुधबार अपराह्न २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको हो ।

विशेष गरी सरकारलाई साथ र सहयोग दिँदै आएको मधेसकेन्द्रित दलले कार्यसूचीमा संविधान संशोधनलाई प्रवेश गराउनुपर्ने अडान र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संशोधनको औचित्य नरहेको भन्दै कार्यसूचीमा राख्न नहुने धारणाा राखेपछि सदनको बैठक एक दिन पर सारिएको हो ।

सभामुख ओनसरी घर्तीले बैठक बस्नुअघि प्रमुख दलका सचेतकसित छलफलसमेत गर्नुभएको थियो । गत माघ २३ गतेपछि सदनको बैठक आज बस्न लागेको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संविधान संशोधनको विषयलाई सदनमा अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर