
प्रतिकात्मक तस्वीर ।

दाङ । आफ्नो श्रीमानलाई बन्चरो प्रहार गरेर हत्या गरेको आरोपमा दाङ बङ्गलाचुली गाउपालिका वडा नम्बर १ सिउजाडाँडा टोल बस्ने बर्ष ५७ की केशरादेबी दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ९ बजे वर्ष ६४ का रेशम बहादुर दमाईको हत्या भएको खबर पाएर घटना स्थलमा पुगेको प्रहरी टोलीले केशरादेवीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कमिरेचौर जिल्ला प्रहरी घोराही दाङ बाट खटिएको प्रहरी टोलीले बन्चरो र बन्चरो प्रहार गर्ने केशरादेबी दमाईलाई पक्राउ गरी घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं सूचना अधिकारी कुमार गौतमले जनाकारी दिए ।

Views: 143

