Aamsanchar

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी : पाँचथर र इलामका पत्रकार अनसनमा

Author Image
बुधवार, फागुन ११, २०७३

काठमाडौं :

विभिन्न चार बुँदे मागसहित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर पाँचथर र इलामका दुई पत्रकारले अमरण अनसन सुरु गरेका छन्।

बुधबार बिहान सात बजे महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगााना र पत्रकार महासंघ इलाम शाखाका सदस्य प्रेम अधिकारी आमरण अनसन सुरु गरेका हुन्।

अनसनमा बसेका पत्रकार ढुंगानाले अन्नपूर्णसँग भने, ‘महासंघमा भएको राजनीतिक भागबण्डालगायतका चार बुँदे मागसहित तालाबन्दी गरेर अनसन सुरु गरेका छौँ, माग पुरा नभएसम्म आमरण अनसन जारी रहन्छ ।’

पूर्व पहाडी जिल्ला पाँचथर र इलामका दुई पत्रकार महासंघमा देखिएको विकृति अन्त्य गर्न भन्दै मंगलबार साँझ मात्र काठमाडौँ आइपुगेका हुन् ।

यी हुन् चार बुँदे माग
१ नेपाल पत्रकार महासंघमा राजनीतिक भागबण्डाका आधारमा सदस्यता वितरण तत्काल रोकियोस्,

२ नेपाल पत्रकार महासंघका घोषित जिल्ला र प्रतिष्ठान शाखा अधिवेशन तत्काल स्थगित गरियोस् । नक्कली विवाद खडा गरी पाँचथर शाखालगायतमा विधान विपरित शाखा बाहिरबाट केन्द्रमा ल्याइएका नयाँ सदस्यता र नविकरणको कार्य तत्काल फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता नविकरण र स्थान्तरणको अन्तिम टुंगो लगाएपछि मात्र महासंघ जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन ६ महिनापछि तोकियोस्,

३ विधानविपरित र धाँधलीपूर्ण तरिकाले एकलौटी सञ्चालन गरिएका इलाम र ताप्लेजुङका कथित जिल्ला अधिवेशन खारेज गरी केन्द्रीय प्रतिनिधिहरु खगेन्द्र पन्त र लक्की चौधरीलाई कारबाही गरियोस्,

४ लामो समयदेखि निस्कृय रहेका राजनीतिक कार्यकर्ता, सरकारी निकायमा स्थायी कर्मचारी र अन्य पेशामा रहेका नेपाल पत्रकार महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल केन्द्रीय समितिबाट सुरु गरियोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर