Aamsanchar

‘नेपाल लगानी गन्तव्य बनेको सन्देश’

Author Image
बुधवार, फागुन ११, २०७३

काठमाडौँ ।

बाह्य लगानीका लागि नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भएको सन्देश अन्तर्राष्ट्रिय जगत्मा प्रवाह गर्न नेपाल पूर्वाधार सम्मेलन सफल भएको छ ।

सरकारको सहयोगमा नेपाल उद्योग परिसङ्घको आयोजनामा गत सोमबार यहाँ नेपाल पूर्वाधार शिखर सम्मेलन सम्पन्न भएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले सम्मेलन नेपालीमाझ विकास–निर्माणको बहस चलाउन र सम्मेलनका सुझावलाई कार्यान्वयनको चरणमा पु¥याउने प्रस्थान बिन्दु निर्धारण भएको जनाइएको छ ।

नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएको र लगानीको प्रतिफल प्राप्त हुने कानुनी सुनिश्चितता रहेको सन्देश पनि सम्मेलनले अन्तर्राष्ट्रिय लगानीकर्तामा प्रवाह गरेको जानकारी दिँदै परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले भन्नुभयो, “हामी उत्साहित छौँ, कार्यान्वयन गर्ने निकाय सरकार हो, सरकारप्रति पनि हामी आशावादी छौँ ।”

पूर्वाधार विकासबाट मात्र आर्थिक वृद्धिका साथै जनताको जीवनस्तर उकासिने र रोजगारीका अवसर सिर्जना हुने भएकाले सरकारसँगको सहकार्यमा आफूहरू देशको आर्थिक विकासमा सघाउन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । हालसम्म मुलुकमा सार्वजनिक निजी साझेदारीसम्बन्धी ऐनकानुन नरहेको जानकारी दिँदै उहाँले त्यस्तो कानुन तर्जुमा गर्न सम्मेलनले सरकारलाई झक्झकाएको स्पष्ट गर्नुभयो ।

एक पृथक प्रसङ्गमा उहाँले स्थानीय तह निर्वाचनको स्वागत गर्दै त्यसले मुलुकको अर्थतन्त्र गतिशील मात्र नभई व्यवसाय प्रवद्र्धन र औद्योगिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, भुटान, इजरायल, सिङ्गापुर, मलेसिया, संयुक्त अरब इमिरेट्स, फ्रान्स, चेक गणतन्त्र र अमेरिकाका लगानीकर्ताले भाग लिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर