विराटनगर।
उर्जामन्त्री जनार्दन शर्माले सप्तकोसी नदीबाट केही वर्षमा विद्युत्को बाढी आउने दाबी गरेका छन् ।
सप्तकोसीका विभिन्न सहायक नदीहरुबाट विद्युत् उत्पादन कार्य योजना अघि बढेको भन्दै उनले ४/५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जिकिर गरे ।
उद्योग संगठन मोरङको आयोजनामा बुधबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री शर्माले सप्तकोसीका विभिन्न मुहान नदीबाट उत्पादन हुने विद्युत् खपत गर्न उद्यमीहरुलाई तयार रहन आग्रहसमेत गरे ।
एक सातासम्म चल्ने कृषि तथा औद्योगिक प्रदर्शनीमा औद्योगिक उत्पादन तथा कृषिजन्य वस्तु, जडिबुटी उत्पादन र कृषिऔजार, सूचना–प्रविधि, वैकल्पिक ऊर्जालगायत विद्युतीय सामग्री, घरायसी सामान, गार्मेन्ट, खाद्यपदार्थसहितका २५४ ओटा स्टल रहेका छन् ।
पहिलोपटक माउन्टेन उडान, हेलिसिटी टुरसमेतको व्यवस्था गरिएकोे कृषि तथा औद्योगिक प्रर्दशनीमा ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 149