Aamsanchar

महासङ्घको सदस्यता शुद्धीकरणको माग गर्दै ज्ञापनपत्र

Author Image
बिहिवार, फागुन १२, २०७३

काठमाडौँ ।

नेपाल पत्रकार महासङ्घको आवधिक निर्वाचन नजिकिँदै गर्दा क्रान्तिकारी पत्रकार महासङ्घ, काठमाडौँ शाखाले सदस्यता शुद्धीकरणको माग गरेको छ ।

महासङ्घले प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरलगायत ठूला सङ्गठनले एकलौटीरूपमा गैर पत्रकारलाई पत्रकार महासङ्घको सदस्यता दिएको भन्दै सदस्यता शुद्धीकरण गर्न माग गरी पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएको छ ।

‘पत्रकार महासङ्घ, जिल्ला शाखाका हरेक निर्णय प्रक्रियामा तीन ठूला सङ्गठनले ‘सिन्डिकेट’ लगाएका छन, हाम्रो सङ्गठन यसको कडा शब्दमा विरोध गर्दछ, महासङ्घमा सबै सरोकारवाला सङ्गठनहरुको प्रतिनिधित्व सुनिश्चित गराउने गरी भूमिका खेल्न हाम्रो महासङ्घ जोडदार माग गर्दछ’–ज्ञापनपत्रमा भनिएको छ ।

क्रान्तिकारी पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाका अध्यक्ष रामचन्द्र हुमागाईंले गैर पत्रकारलाई वितरण गरिएको सदस्यता तत्काल खारेज नगरे कडा सङ्घर्ष गर्ने चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर