Aamsanchar

चुलिवन पर्यटन योजनाको काम तीव्र

Author Image
शुक्रवार, फागुन १३, २०७३

धनकुटा,

धनकुटा नगरपालिकाले वडा नं–७ मा रहेको चुलिवन देउराली डाँडा पर्यटन प्रवद्र्धनका लागि वार्षिक रु ५० लाख खर्चने भएको छ ।

धनकुटा सदरमुकामबाट एक किलोमिटर टाढा रहेको पर्यटकीय क्षेत्रमा विसं २०६८ सालदेखि हालसम्म लगातार भौतिक संरचना निर्माण कार्य गरिरहेको छ । नगरपालिकाले विशेष कार्ययोजना निर्माण गरेपनि विगत दुई वर्षदेखि काम हुन सकेको थिएन । यो वर्षदेखि पर्यटन गुरु योजनाको काममा निरन्तरता दिइने धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थ धितालले बताउनुभयो ।

विनियोजन गरिएको सो क्षेत्रमा तीन सामुदायिक वन समितिको संरक्षण भएका कारण विगत वर्षमा कार्यक्रम सञ्चालन हुन सकेको थिएन । विगत वर्षमा सामुदायिक वनसँगको सहकार्यमा रकम खर्च गरेपनि कार्ययोजना कार्यान्वयनमा कठिनाई भएको थियो । गत वर्षमा रु ९० लाख बरावरको योजना कार्यान्वयन हुन नसकेका कारण यो वर्षदेखि ‘रामलिहाङ÷रिदिमा चुलिवन पर्यटन क्षेत्र’ नामक संस्थाको सहकार्यमा काम गर्ने सहमति भएको कार्यकारी धितालले जानकारी दिनुभयो ।

पर्यटकीयस्थलमा मन्दिर, बाटो, रेलिङ, पार्कलगायत निर्माण कार्यले तीव्रगति पाएको छ । चुलिवन पर्यटन गुरुयोजना नेपाल पर्यटन बोर्डमार्फत समेत कार्यक्रम प्रस्ताव गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर