Aamsanchar

सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने पक्राउ

Author Image
शुक्रवार, फागुन १३, २०७३

काठमाडौं,

सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्रेको छ । आफू सेनाको क्याप्टेन भएको र सिपाहीमा जागिर लगाइदिन्छु भन्दै ठगेको अभियोगमा प्रहरीले धनबहादुर परियारलाई पक्रेको हो ।

सिन्धुली गाविस सोल्पा ठाना-८ का भवानी खड्कासमेतका केही व्यक्तिहरुलाई ओखलढुङ्गा मानेभञ्याङका  धनबहादुर परियारले आफू नेपाली सेनाको हेडक्वाटरमा कार्यरत क्याप्टेन अर्जुन कटुवाल हुँ भनी नेपाली सेनाको सिपाही पदमा जागिर लगाईदिन्छु भनी प्रलोभनमा पारी प्रति व्यक्ति २ लाख देखि ३ लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ ।

धनबहादुर परियारले पीडितहरुलाई नेपाली सेनाको सिपाही पदको नियुक्ति पत्र दिन्छु भनेर ठगेका थिए ।  जागिर नपाए पछि उनलाई कारबाही गरी पाउँ भनि ठगीएकाहरुले निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उनलाई गएको मंगलबार ओखलढुंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)