Aamsanchar

हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने

Author Image
शुक्रवार, फागुन १३, २०७३

इलाम ।

जिल्लाका दक्षिणी सीमावर्ती क्षेत्रका गाविसहरु हात्तीपाइले रोगको उच्च जोखिममा छन् ।  महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा, जिर्मले गाविसलगायत हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

गोदक र चुलाचुली गाविसमा कार्यालयले एकवर्ष अघि गरेको अध्ययनअनुसार सात जनामा हात्तीपाइले रोगको लक्षण देखापरेको थियो । हात्तीपाइले रोग निवारणअन्तर्गत विगत पाँच वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सो अन्तर्गत यस वर्ष छैठाँैंपटक जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा एकैपटक यो अभियान सञ्चालन गर्न लागेको हो । यही चैत ५, ६ र ७ गते जिल्ला जनस्वास्वास्थ्य कार्यालयले दुई लाख ७० हजारलाई हात्तीपाइले रोग विरूद्धको औषधि खुवाउने लक्ष्य लिएको कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिनुभयो ।

यसका लागि एक हजार नौ सय ४४ स्वयम्सेवक र तीन सय ६१ जना स्वास्थ्यकर्मी परिचालन गरिने छ, उहाँले भन्नुभयो – दुई वर्षदेखि ७० वर्ष उमेर समूहका सबैले यो औषधि खान सकिन्छ । बिरामी, गर्भवती महिला, दम तथा मुटुरोगका बिरामी बाहेक सबैले औषधि सेवन गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट स्वस्थ्य मानिसमा यो रोगको किटाणु सर्दछ, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभु शाहले भन्नुभयो – शरीरमा कम्पन उत्पन्न हुनु, गिर्खा देखिनु, पुरूषको अण्डकोष सुनिनु, महिलाको यौनाङ्ग र स्तन सुन्निनुलगायत यो रोगका लक्षण हुन् ।

रोगबाट बच्न लामखुट्टे नियन्त्रण, फोहोरपानी जम्मा हुन नदिनु, पानीलाई स्वतन्त्र रूपले बग्न दिनु, घरवरपर भएका खाल्डाखुल्डीलाई पुर्नु पर्ने उहाँले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१