Aamsanchar

ग्याँस सिलिण्डर पड्किंदा एकको मृत्यु, दश घाइते

Author Image
शुक्रवार, फागुन १३, २०७३

सुनसरी।


सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर पड्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन।

सिमरिया गाविस -९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किदा गम्भिर घाइते भएका मोरंङ कटहरी-२ घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सोमराज माझीको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै घाइतेहरुमा झापा जिल्ला घर भई सिमरिया -९ मा पाहुना आएकी तारा मण्डल (गम्भीर), भारत सैजनपुर घर भई मोरङ आरती स्ट्रिप्समा कार्यरत गुड्डु यादव (गम्भीर), सोनापुर-८ बस्ने रोहित ऋषिदेब (सामान्य), .सोही ठाउँका पिप्ना ऋषिदेब (सामान्य), जोगेन ऋषिदेब (सामान्य), मोरंङ बिराटनगर-५ बस्ने रिमा ऋषिदेब (सामान्य), सुनसरी दुहबी -५ बस्ने आकास खतिवडा (सामान्य), सोही ठाउँका आयुष थापा (सामान्य), सुनसरी सिमरिया -८ बस्ने रेवलाल सरबरिया (सामान्य) तथा सिमरिया ९ बस्ने कल्पना कुमारी चौधरी (सामान्य) रहेका छन।

उनीहरुको अनुहार तथा शरीरमा सिलिण्डरको टुक्राले लागेको छ। गम्भीर घाइतेहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने सामान्यहरुको सामुदायिक अस्पताल दुहवीमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ। बेलुन बिक्रि गर्ने सुनसरी दुहवी -८ बस्ने भगवान लाल साहलाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१