Aamsanchar

झापाली समाजको एकता वनभोज सम्पन्न

Author Image
शनिवार, फागुन १४, २०७३

भरत शिवाकोटी,

   [युएई]  

समाज सेवाको मुख्य उदेश्य लिएर स्थापना भएको झापाली समाज यु.ए.ई. ले २४ फेव्रुअरी २०१७ का दिन दुवईको रमणीय पार्कमा दुई झापाली समाज बीच एकता घोषणा सहितको वनभोज सम्पन्न गरेको छ | वनभोज कार्यक्रम मा सयौं झापालीहरुको उपस्थिती रहेको थियो | एकतालाई सफल बनाउन युएईका टाढा-टाढा क्षेत्रबाट समेत सहभागी झापालीहरू अति धेरै प्रशन्न र खुशी देखिन्थे | वनभोजलाई रचनात्मक बनाउन विभिन्न प्रतिष्पर्धात्मक खेलहरु खेलाइएको थियो भने स्थानीय कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए |

एनआरएन युएई का युथ कोअर्डिनेटर निश्चल तिर्थ दाहालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष मोहन शिवाकोटी, प्रवासी नेपाली मंच युएईका रास्ट्रिय कमिटी सचिव कृष्ण पौडेल, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, जनप्रगतिशिल मंच युएईका अध्यक्ष हेमन्त पौडेल, नेपाली बिजनेस काउन्सिल युएई का एकेन्द्र थापा लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो |

कार्यक्रमका प्रमुख अतिथी निश्चल तिर्थ दाहाल ले झापाली समाज युएई अब नयाँ च्यापटरमा प्रवेश गरेको धारणा राख्दै झापाली समाजले गरेका कार्यहरु प्रशंसा गर्न योग्य रहेको र एकतालाई भावनात्मक रुपमा समेत सँगै लिएर अगाडि बढन समाजका अगुवालाई आग्रह गरेका थिए | कार्यक्रममा अतिथीहरु हेमन्त पौडेल, रघुनाथ ढुंगेल लगायतले समेत मन्तव्य राखेका थिए |

एकता, सहयोग र सहकार्यको मुल उदेश्य लिएर करिब २ बर्ष पहिले सन् २०१५ मा स्थापना भएको झापाली समाज युएईले स्थापना भएको एक बर्ष नबित्दै आपसी मनमुटाव तथा असमझदारीका कारण फुटको क्षति व्यहोरेको थियो | रोजगारिको सिलसिलामा झापाबाट युएई आएका झापालीहरूलाई एकत्रित गर्दै झापा जिल्ला केन्द्रीत विभिन्न सामाजिक कार्यहरु गर्दै आएका दुवै समाज विच फुट पश्चात विभिन्न समयमा सामाजिक संजालमा शितयुद्द नै चल्ने गर्दथ्यो र यो विवाद सतहमा समेत स्पस्ट देखिएको थियो |

दुवै समाज मिल्नुपर्छ भन्ने आम झापालीहरुको भावनालाई प्रतिनिधित्व गर्दै केहि बुद्दिजीवी तथा अन्य व्याक्तिहरुले बारम्बार दुवै समाजको नेतृत्वलाई घच्घच्याउँदै आएका पनि थिए र गत जनवरिमा सम्पन्न मोहन शिवाकोटी अध्यक्ष रहेको झापाली समाज यु.ए.ई. को अधिवेशनमा समेत प्रतिनिधिहरुबाट नेतृत्वलाई एकताका लागि पहल गर्न दबाब दिइएको थियो | तत्पश्चात संवाद समिती बनाएर चरण-चरणमा छलफल गर्दै पदाधिकारी तथा सदस्यहरुमा केन्द्र देखि मातहत समितीहरु समायोजन गर्ने गरि तात्कालिन समयमा विकास उप्रेती अध्यक्ष रहेको झापाली समाज युएई र रोहित भण्डारी अध्यक्ष रहेको झापाली समाज यु.ए.ई. बीच एकिकरण भएको हो |

एकै कार्यक्षेत्र भएका र एकै उदेश्य बोकेका तर दुई चिरामा विभक्त भएर काम गरिरहेका दुई झापाली समाज बिचको एकता वनभोज सोचे भन्दा उत्साहप्रद रुपमा सम्पन्न भएको प्रतिक्रिया झापाली समाज यु.ए.ई. का कार्यवाहक महासचिव इन्द्र भण्डारीले दिएका छन | समाजको गत अधिवेशनबाट समेत समाज एकता गर्नुपर्ने आवाज समस्त झापालीहरू बाट उठेको र समस्त झापालीहरु एवं अगुवा तथा अन्य बुद्दिजीवी एवं विभिन्न संघ संस्थाका अगुवाहरुको चाहना पनि युएईमा एउटा मात्र झापाली समाज रहनुपर्छ भन्ने रहेको कुरालाई मध्यनजर गर्दै दुवै पक्षको समझदारीमा पटक-पटक को प्रयास पछी सबैको चाहनालाई पुरा गरिएको भण्डारीले बताएका छन |

अब सम्पूर्ण झापालीहरू एकजुट हौ भन्ने यथार्थतालाई आफुहरुले व्यवहारमा समेत बोकेकोले समाजले थप गति लिनेछ, फुटेर होइन जुटेर काम गर्नुपर्छ र एकतामा नै बल हुन्छ भन्ने आम भावनालाई समेटन सफल भएकोमा हामीहरु समाज सेवामा थप उत्साहित भएका छौ भण्डारीले बताए |

झापाली समाज एकताको वनभोज अत्यन्तै सभ्य र भव्य भएको बताउदै समाजका केन्द्रीय सदस्य प्रकाश सिग्देलले प्रवासमा यति ठुलो संख्यामा एकै जिल्लावासीहरु उपस्थित भएर वनभोज भएको युएईमा पहिलो भएको दाबी गरेका छन | कार्यक्रम समाजका अध्यक्ष रोहित भण्डारीको सभापतित्वमा तथा कार्यवाहक महासचिव इन्द्र भण्डारीको संचालनमा भएको थियो |

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)