Aamsanchar

कोक्रोबाट खस्दा बालकको मृत्यु

Author Image
शनिवार, फागुन १४, २०७३

इनरुवा ।

सुनसरीको धरान उपमहानगरपालिकामा कोक्रोबाट खस्दा एक बालकको आज मृत्यु भएको छ ।

धरान–२० का बाबुलाल राईको अढाइ महिनाको छोरा सत्यम राईलाई प्लास्टिकको बोराको कोक्रोमा राखी हल्लाउने क्रममा भुइँमा खस्दा मृत्यु भएको जिप्रका सुनसरीले जनाएको छ ।

सुनसरीको चाँदबेला गाविसबाट हराएकी एक बालिका आज मृतवस्थामा फेला परेकी छन् । यही फागुन १२ गते बिहीबार चाँदबेला–९ का रामपुकार मोडियारीका ११ वर्षीया छोरी अमिताकुमारी मोडियारी स्थानीयवासीको विवाहमा गएको र फर्केर नआएपछि खोज्दै जाँदा मृतावस्थामा भेटिएको जिप्रका सुनसरीले जनाएको छ ।

स्थानीयवासी बुदे मोडियारी र रञ्जित मोडियारीको छोराछोरीको विवाहमा राति गएको र घर फर्की नआएपछि खोजी गर्दा आज बिहान मृतावस्थामा फेला परेको हो ।  अमिताको घरदेखि ३०० मिटर दक्षिणमा रहेको पानी जाने पैनीको ह्युमपाइपभित्र शङ्कास्पद अवस्थामा शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)