Aamsanchar

आज स्वास्थ्य सेवा दिवस

Author Image
आइतवार, फागुन १५, २०७३

काठमाडौँ । 

स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमसाथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको हो ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।
स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल, जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।  सचिव उप्रेतीले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा छुट्टाछुट्टै समिति बनाइएको जानकारी दिँदै केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो ।
मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिले उक्त दिन स्वास्थ्य मन्त्रालयमा कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।
सचिव डा. उप्रेतीले दिवसले स्वास्थ्यकर्मीलाई काममा थप जिम्मेवार बनाउने भन्दै उनीहरू जनताप्रतिको स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य क्याम्पहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)