Aamsanchar

डेंगी नियन्त्रणका लागि सबै स्थानीय तहलाई परिपत्र

Author Image
शुक्रवार, जेठ १९, २०८०

काठमाडौं – पछिल्लो पाँच महिनामा देशभर सातसय जनामा डेंगी संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाको तथ्यांकअनुसार जनवरीयता मे अन्तिमसम्म ४७ जिल्लाका सातसय जनामा संक्रमण पुष्टि भएको हो ।

महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार काठमाडौं उपत्याकामा संक्रमितका संख्या निकै न्यून छ । दार्चुलामा सबैभन्दा बढी छ । काठमाडौंमा ३० जना र भक्तपुरमा १५ जिल्लामा डेंगी देखिएको छ ।

गतवर्षजस्तै डेंगीको अवस्था भयावह हुन नदिन आ–आफ्नो तहबाट रोकथामका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको डा. दाहालले बताए । वर्ष २०२२ मा हालसम्मकै सबैभन्दा धेरै ५४ हजार ७७४ जनामा डेंगी देखिएको थियो भने संक्रमणका कारण ८८ जनाको मृत्यु भएको थियो । यसवर्ष सरकारले डेंगी फैलिन नदिन हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट डेंगीविरुद्धको अभियान चलाउन सबैमा आह्वान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)