विराटनगर ।
जबजस्ती करणीको अभियोगमा पाँच वर्ष कैद सजाय पाएका फरार अभियुक्तलाई आज पक्राउ गरी कारागार चलान गरिएको छ । मोरङको महदेवा–३ बस्ने ३५ वर्षीय मनोज शर्मालाई आज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, सिजुवाबाट खटिइएको टोलीले उनलाई आजै घरबाट पक्राउ गरी जिल्ला अदालत मोरङको आदेशमा कारागार चलान गरेको हो । जिल्ला अदालतले विसं २०६९÷०७० मा जबर्जस्ती करणीको अभियोगमा उनलाई पाँच वर्षको सजाय तोकेको थियो ।
यस्तै, जबर्जस्ती करणीको अभियोगमा आज जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । विराटनगर–५ बस्ने ५१ वर्षीय आशाराम माझीले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी उनीमाथि करणीको मुद्दा दर्ता गरेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 126